site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हत्या आरोपमा प्रदेशसभा सदस्य यादव पक्राउ
प्रतीकारात्मक तस्बिर ।

राजविराज (सप्तरी) । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जनाएको छ । विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

Dabur Nepal
NIC Asia

सोही दिन नेंगडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्‍याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

उक्त विषयमा जाहेरी परेपछि अदालतमा वयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेकी थिइन् ।

गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro