
काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सचिवमा उमेदवारी दिएका सोमनाथ सापकोटाले उमेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको लुम्बिनी प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।
आचार्य यसअघि पनि लुम्बिनीका सचिव नै थिए ।
वुटवलमा जारी अधिवेशनमा सचिवबाहेक अन्य पदाधिकारी सदस्य पदामा निर्वाचनको तयारी भएको छ । साँझ ७ बजेबाट निर्वाचन गर्ने तयारी भइरहेको घिमिरेले जानकारी दिए ।
“सचिवसहित कतिपय सदस्य पदमा निर्विरोध भएको छ,” उनी भन्छन्, “सहमति नभएका पदमा बेलुका ७ बजेबाट चुनाव गर्ने तयारी भइरहेको छ ।”
अध्यक्षमा लुम्बिनी अध्यक्ष चलाएका राधकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिष्पर्धामा छन् ।
लुम्बिनीमा पाँच सदस्यसहित २०५ सदस्यीय कमिटी चुनिने छ ।