site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यमनको राजधानीमा विस्फोट

काठमाडौं । हुथी नियन्त्रित यमनको राजधानी सानास्थित एउटा ग्यास स्टेसनमा आइतबार राति विस्फोट भएको छ । विस्फोटका कारण आगलागी भएको बताइएको छ ।

राजधानीको उत्तरपूर्वी भागस्थित अल खुराफी सैन्य शिविरको अगाडि रहेको मुजाफर ग्यास स्टेसनमा विस्फोट भएको हो । हुथी सैनिकले सो क्षेत्रलाई घेरा हालेका थिए ।

Dabur Nepal
NIC Asia

विस्फोटको आवाज पूरा सहरमा सुनिएको प्रत्यक्षदर्शीले बताए । त्यसपछि लागेको आगो पूरा सहरबाट देखिएको थियो ।

विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने हुथी समूहले जनाएको छ । आगोबाट बच्न स्थानीयले आफ्नो घर खाली गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro