site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितानिवास जग्गा प्रकरण : आज सरकारी वकिलको बहस सकिँदै, चिया ब्रेकपछि प्रतिवादीतर्फको हुने

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका तर्फबाट आइतबार चारजनाले बहस गरेका थिए । आज बाँकी रहेका सरकारी वकिलका बहस सकिएपछि प्रतिवादीको बहस सुरु हुने जिल्ला अदालत प्रशासनले जनाएको छ ।

जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सुरु भएको थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट हिजो चारजनाले बहस गरेका छन् । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीका अनुसार हिजो सरकारी वकिलका तर्फबाट चारजनाको बहस सकिएको छ ।

Dabur Nepal
NIC Asia

आइतबार जिल्ला सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता महेश खत्री र रमेश भट्टराई तथा सहायक जिल्लान्यायाधिवक्ताहरु चन्द्र संजेल र दिनेश भट्टराईले बहस गरेका थिए । आज थप दुई वा चारजनाले बहस गरेपछि सरकारी वकिलतर्फको बहस सकिनेछ । सम्भवतः आजको चिया ब्रेकपछि ललितानिवास प्रकरणमा पक्राउ परी थुनामा रहेका प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ ।

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । पक्राउ परेकाहरुको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरुको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको हो ।

सोमबार शिवजी भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान भएको थियो भने मंगलबार मीनबहादुर गुरुङ, कलाधर देउजा र बालकृष्ण श्रेष्ठको बयान भएको थियो । बुधबार घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल र बाबुराजा महर्जनको बयान भएको हो । शुक्रबार केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन, लोकहरि घिमिरेको बयान भएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ भने त्यसबाहेक जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएको छ । जसमा ललितानिवासका तत्कालीन मालिक सुवर्णशमशेरका परिवारका सदस्यहरु पनि रहेका छन् । पक्राउ परेका परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर ‘संगठित किर्ते’ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले ‘भूतप्रभावी’ कानुन लगाउन नमिल्ने भन्दै ‘सरकारी लिखत किर्ते’मा मात्र मुद्दा चलाएको छ । संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्र आएकाले त्यसअघिका घटनामा त्यो कानुन लगाउनु संविधानविपरीत हुने सरकारी वकिल कार्यालयको भनाइ छ ।

ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना तीन पैसा तीन दाम जग्गा हिनामिना भएको सीआईबीको अनुसन्धानले देखाएको छ । चार पूर्वमन्त्री, बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई भने सीआईबीले बयान लिएर जानकारी दिने व्यक्तिको रुपमा मिसिलमा नाम राखेर प्रतिवेदन बुझाएको थियो । त्यसैले सरकारी वकिलले पनि उनीहरुलाई प्रतिवादी बनाएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro