site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको निर्णायक

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बनेपछि स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले ओसासुनाविरुद्ध २–१ को जित निकालेको छ ।

आइतबार ओसासुनाको मैदान एल साडारमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जुलेस काउन्डे र लेवान्डोवस्कीले समान एक गोल गरे । घरेलु टिमका एजेक्युएल एभिलाले गोल फर्काएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा काउन्डेले गरेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । एभिलाले ७६औँ मिनेटमा गोल गरेपछि ओसासुना खेलमा फर्किएको थियो ।

तर, ८५औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रतामा राखेका थिए । लेवान्डोवस्कीको यही गोल निर्णायक बन्दा बार्सिलोनाले तीन अंक पक्का गर्‍यो ।

Global Ime bank

खेलको ८०औँ मिनेटबा बार्सिलोनाबाट पोर्चुगिज फरवार्ड जाओ फेलिक्सले ‘डेब्यु’ गरेका थिए । जारी सिजन बार्सिलोना अपराजित छ ।

जितसँगै चार खेलबाट १० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको रियाल मड्रिडभन्दा दुई अंकले पछाडि छ । समान खेलबाट ६ अंक जोडेको ओसासुना १०औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu