site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी एमालेमा सहमतिको प्रयास जारी, निर्वाचन प्रक्रिया पनि अघि बढाइयो
फाइल तस्बिर ।

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । हालसम्म प्रदेश अध्यक्ष रहेका राधकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले अध्यक्षमा दाबी गरेका छन् । उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् । 

सहमतिको प्रयासँगै निर्वाचन प्रक्रिया पनि अघि बढाइएको नेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए । “सहमतिको प्रयास भएको छ । सहमति नभए चुनाव हुन्छ । निर्वाचनको प्रक्रिया पनि अघि बढेको छ,” उनले भने । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा अहिले जिल्लागतरूपमा छुट्याइएको सदस्य कोटाको नाममा सहमति जुटाउने प्रयास भइरहेको छ । 

नाममा विरोध भए निर्वाचन हुने नेताहरूले बताएका छन् । अधिवेशनले २०५ सदस्यीय कमिटी चयन गर्ने छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro