site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न– कसलाई सुनपानी छर्कने/नछर्कने भन्ने तपाईं को ? 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् । शनिबारदेखि बुटवलमा सुरु पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा उनले ‘ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित’ भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा ‘अब नेपाललाई कसैले तर्साउन नसक्ने’ बताएका थिए । ज्ञवालीले ‘सुनपानी छर्र्किएर जनअदालतको अभ्यास फेरि सुरु गरिएको हो ?’ भन्दै प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

“सामान्य टिप्पणी उठाउने खरदारलाई जेल कोचेर उहाँ जसले ललितानिवासको निर्णय गरे, उहाँहरूलाई सुनपानी छर्केर चोख्याउँदै हुनुहुन्छ । हिजो उहाँ कतै बोल्दै हुनुहुन्थ्यो– मेरो ठूलो टेन्सन सकियो, माधव नेपालजीको पनि टेन्सन सकियो,” ज्ञवालीले भने, “ए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, तपाईंहरूले फेरि एकचोटि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ?”

उनले नेपालको अदालतले त्यस्तो नभन्ने बताउँदै ‘सुनपानी छर्कने तपाईं को हो ?’ भनी प्रश्न गरे ।

“नेपालको अदालतले त त्यस्तो भन्दैन । भर्खर अदालतमा मुद्दा दायर भएको छ । पैरवी हुन बाँकी छ । बहस, फैसला हुन बाँकी छ । तपाईं को हो, कसलाई सुनपानी छर्कने र कसलाई नछर्कने भन्ने ?,” उनको प्रश्न छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro