site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाइ

काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ च्याम्पियनसिप २०२३–मा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ ।

नेपाली टिमलाई आज एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाइ गरेका हुन् ।

Dabur Nepal
NIC Asia

टोलीलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैँले नयाँ इतिहास कोर्नुपर्ने बताए । घिसिङले खेलाडीहरूका लागि सहज वातावरण सृजना गर्न आफू हरसमय लागि परेको बताए ।

यहि भदौ १८ देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको व्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की छन् ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरूमा अजलकाजी ताम्राकार (५० मिटर बटरफलाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफलाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) छन् ।

बिदाइ कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति थियो । नेपाली टोली भोलि बिहान ७ बजे इजरायलतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro