site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत, भियतनाम, मलेसिया, फिलिपिन्स र ताइवानले गरे चीनको नयाँ नक्साको विरोध

काठमाडौं । चीनको प्राकृतिक स्रोत मन्त्रालयले अगस्ट २८ मा आफ्नो देशको नक्साको पछिल्लो संस्करण २०२३ सार्वजनिक गरेको थियो ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सालाई लिएर विभिन्न देशहरूले यसको विरोध एवं आलोचना गरेका छन् ।

शुक्रबार भियतनामले एक विज्ञप्ति जारी गर्दै चीनको नयाँ नक्साले स्प्रेटली र पारासेल टापुमा आफ्नो सार्वभौमसत्ताको उल्लंघन गरेको भनेको छ ।

सबैभन्दा सुरुमा भारतले चीनको नयाँ नक्साको विारेध गरेको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले एक मिडिया अन्तरक्रियामा चीनले यो पहिलो पटक नगरेको टिप्पणी गरेका थिए ।

यस्तै, फिलिपिन्सको विदेश मन्त्रालयले पनि नयाँ नक्साले आफ्नो सामुद्रिक अधिकार क्षेत्र चीनमा समेटेको भन्दै यसको आलोचना गरेको छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सा बारेमा बोल्दै ताइवानको विदेश मन्त्रालयका प्रवक्ता जेफ लिउले ताइवान चीनको हिस्सा नभएको दाबी गरेका छन् ।

चीनले आफ्नो नयाँ नक्सामा ताइवान सहितको दक्षिण चीन सागरलाई समावेश गरेको छ ।

यस्तै मलेसियाको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै चीनको नयाँ नक्साको आलोचना गरेको छ ।

यस क्षेत्रका सबै मुलुकहरुले आलोचना गरेपनि चीनले आफ्नो नयाँ नक्सालाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro