site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० हजारलाई रोजगारी दिने मीनबहादुरलाई सरकारले सिद्ध्याउन खोज्यो : सुनील शर्मा 

काठमाडौं । सांसद सुनील शर्माले व्यवसायीहरूलाई सरकारले सिद्ध्याउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए । 

व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै सांसद शर्माले ठूला व्यवसायीलाई सरकारले सक्न खोजेको बताए ।

"५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाइएको छ । गल्ती गर्नेलाई सजाय दिनुपर्छ । तर, नियतवश गर्नुहुँदैन," उनले भने, "पाँचतारे होटलमा बसेर सरकारी जग्गा कसले बेचेको ? व्यवसायीले किन्छ । तर, बेच्ने काम कसले गर्‍यो ? यो व्यवसायी सक्ने योजना हो ।"

मीनबहादुरलाई मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको उनको दाबी छ । माओवादी सरकारले देशमा युवा वस्ने वातावरण नबानाएको पनि उनले बताए । दैनिक पढ्न भन्दै देश छोड्नेको लर्को लागेको भन्दै उनले यसको दोष प्रचण्ड सरकारलाई जाने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro