site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालु पुँजी कर्जासम्बन्धी नीतिमा गरिएको संशोधन स्वागतयोग्य : बैंकर्स संघ
संघका अध्यक्ष सुनील केसी । फाइल तस्बिर।

काठमाडौं । नेपाल बैंकर्स संघले चालु पुँजी कर्जासम्बन्धी नीतिमा गरिएको संशोधनको स्वागत गरेको छ ।

मंगलबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनील केसीले कर्जासम्बन्धी नीतिमा गरिएको संशोधनले बजारमा सकारात्मक प्रभाव परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८२/८३ प्रतिशत भए पनि लगानीयोग्य पुँजीको अभाव भएको बताए ।

अर्थतन्त्रमा सुधार गर्न सरकारी खर्च बढाउनुपर्ने भन्दै बैंकमा तरलता अभाव कायम नै रहेको उनले बताए । उद्योग र अरु खालको पोर्र्टफोलियोलाई छुट्याएर सिलिङ बढाएकोमा स्वागत गर्दै उनले राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नुपर्ने सर्कुलरले भने खराब कर्जा बढ्ने बताए ।

केसीले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिएर डिपोजिट नदिँदा समस्या भएको बताए । बाहिर भनिएको जस्तो तरलता सहज अवस्थामा नभएको जिकिर गर्दै उनले बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको बताए ।

संशोधनपछि बैंक वित्तीय संस्थाले विभिन्न मापदण्डको आधारमा ४०÷५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । उत्पादनमूलक उद्योगलाई सहज व्यवस्था गरिएको छ ।

रेमिट्यान्समा भएको वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्र बलियो बन्दै गएको बताउँदै केसीले बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro