site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ४ स्थित ओम साई पेट्रोल पम्पनजिकै मंगलबार टिपरले मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।‌

कार्यालयका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले घटनामा सप्तरी जिल्लाको तेरहौता घर भएका २८ वर्षीय निरज यादवको मृत्युु भएको जानकारी दिए । उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

टिपर र चालक झापाको मेची नगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro