site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिको मड्रिडको कीर्तिमानी जित

काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सोमबार रायो भायकानोविरुद्ध ७–० को कीर्तिमानी जित निकालेको छ । ला लिगामा एट्लेटिको मड्रिडले निकालेको हालसम्मकै फराकिलो ‘अवे’ जित हो ।

एट्लेटिको मड्रिडको जितमा अल्भारो मोराटाले दुई गोल गरे । एन्टोनियो ग्रिजमन, मेम्फिस डिपे, नाहुल मोलिना एन्जल कोरिया र मार्कोस लियोरेन्टले एक–एक गोल गरे ।

Dabur Nepal
NIC Asia

रायो भायकानोको मैदान स्टाडियो डे भायकासमा भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजमनले गरेको गोलबाट एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो । १६औँ मिनेटमा डिपेले गोल गर्दै अग्रतालाई दोब्बर पारे । ३६औँ मिनेटमा मोलिनाले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको थियो ।

७३औँ मिनेटमा मोराटा एट्लेटिको मड्रिडका लागि चौथो गोल गरे । त्यसको ६ मिनेटपछि कोरियाले गोल गर्दै अग्रतालाई ५–० मा पुर्‍याएका थिए । ८४औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिको मड्रिडले ६–० को अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि लियोरेन्टले गोल गर्दै एट्लेटिको मड्रिडलाई ७–० को अग्रतामा राखेका थिए ।

जितसँगै तीन खेलबाट सात अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको भायकानो तालिकाको आठौं स्थानमा छ ।

“सुरुआतदेखि नै हामीले उत्कृष्ट खेल खेल्यौं । हामीले तीन महत्वपूर्ण अंक जोड्यौं । म हाम्रो टिमवर्कमा निकै खुसी छु,” जितपछि ग्रिजमनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro