देश

काठमाडौं । नेपाली सेनाका एक गुल्मपति बेपत्ता भएका छन् । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।
आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको डोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पण्डितको खोजीकार्य जारी छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले पनि उनको खोजीकार्य जारी रहेको जनाएको छ । “हिजो साँझदेखि नै सम्पर्कमा आउनुभएको छैन, खोजी गरिरहेका छौँ,” डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बाह्रखरीसित भने ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १४:२४
प्रतिक्रिया दिनुहोस्