site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितानिवास जग्गा प्रकरण : जिल्ला अदालतमा बयान लिइँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दाका प्रतिवादीसँग आजदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिइँदै छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सो जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

१८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसँगै सो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह आइतबार साँझ रिहा भइसकेका छन् ।

Global Ime bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपितलाई ५७ दिनसम्म थुनामा राखेर ‘संगठित किर्ते’ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, सरकारी वकिल कार्यालयले ‘भूतप्रभावी’ कानुन लगाउन नमिल्ने भन्दै ‘सरकारी लिखत किर्ते’मा मात्र मुद्दा चलाएको छ ।

ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्युरोको अनुसन्धानले देखाएको छ । चार पूर्वमन्त्री, बहालवाला सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलगायत व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC