site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भियारियालविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा भियारियालविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ ।

भियारियालको मैदान एल माड्रिगलमा सम्पन्न खेलमा १५ मिनेटमै २–० को अग्रता बनाएको थियो । तर, घरेलु टिमले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफमा खेललाई २–२ को बराबरीमा ल्याएको थियो । दोस्रो हाफको सुरुआतमै पुनः गोल गर्दै भियारियालले ३–२ को अग्रता बनाएको थियो ।

तर, यसपछि बार्सिलोनाले दुई गोल थप्दै कठिन तीन अंक निश्चित गर्‍यो । १२औँ मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा फ्रायंकी डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २६औँ मिनेटमा युआन फोयुथले गोल गर्दैै भियारियाललाई २–१ को स्थितिमा ल्याए । ४०औँ मिनेटमा एलेक्सान्ड्रर सोर्लोथले गोल गरेपछि भियारियाल खेलमा फर्किएको थियो ।

५०औँ मिनेटमा एलेक्स बाइनाको गोलमा भियारियालले पाहुना टिमविरुद्ध ३–२ को अग्रता बनाएको थियो । ६८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–३ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि लेवान्डोवस्कीले गरेको गोल निर्णायक बनेपछि बार्सिलोनाले जित निश्चित गर्‍यो ।

जितसँगै तीन खेलबाट सात अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको भियारियाल १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro