site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतमा प्रशिक्षणका लागि इन्द्रावतीका क्रिकेटर एकनाथ नेपालको बिदाइ

काठमाडौं । ‘एक पालिका दुई खेलाडी प्रशिक्षण’को अभियानानुसार सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले इन्द्रावती गाउँपालिकाका एक खेलाडीलाई प्रशिक्षणका लागि पठाएको छ । शनिबार संघले इन्द्रावतीका क्रिकेटर एकनाथ नेपाललाई भारतमा प्रशिक्षणका लागि बिदाइ गरेको हो ।

यसअघि, पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई खेलाडीलाई भारतको एकेडेमीमा प्रशिक्षणका लागि पठाइएको थियो ।

प्रशिक्षणका लागि इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता गरिएको थियो । व्यक्तिगत कारण अर्को खेलाडी भने दसैँपछि भारत जाने जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले बताए ।

बिदाइ कार्यक्रममा आफ्नो सन्देश पठाउँदै पालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । यो सहकार्यको सुरुआत मात्र भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्