site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवाबाट मंगलबारदेखि हङकङ र दिल्ली उडान गर्दै निगम
फाइल तस्बिर।

काठमाडौं । नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया—भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि सुरु हुने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

“मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौंमा ९ बजे अवतरण हुनेछ,” उनले बाह्रखरीसँग भने, “त्यसपछि हङकङ जाने यात्रु हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्लीको फ्लाइटमा जानेछन् ।”

अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया जान्छ । उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवामा अवतरण हुन्छ । मलेसियाबाट आएका यात्रुलाई भैरहवामा अवतरण गराएपछि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लिएर जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छ । यहाँबाट हङकङ र दिल्लीको निगमकै उडानमा यात्रुलाई पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

“तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, पाल्पा कास्कीलगायत पश्चिम भेगका हङकङमा बस्ने नेपाली नागरिकलाई लक्षित गरेर उडान सुरु गरेको हौँ । यसले ब्रिटिस लाहुरे र भारतमा उपचारका लागि जाने बिरामी र पढ्न जाने विध्यार्थीलाई समेत थप सहज हुन्छ भन्ने निगमको विश्वास छ,” प्रवक्ता पौडेलले भने ।

यसअघि, निगमले जेठ २९ गतेदखि मलेसियाको क्वालालम्पुर–भैरहवा उडान सुरु गरेको थियो ।

टिकट बुकिङ खुला

निगमले भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडानको लागि टिकट खुला गरेको छ । याुत्रले सोमबारबाट उक्त क्षेत्रमा उडानको लागि टिकट लिन सक्ने निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

यस उडानले गौतमबुद्ध विमानस्थल विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

“भैरहवा विमानस्थल सञ्चालनको लागि निमगले आफ्नो दायित्व सम्झेर उडान सुरु गरेको हो । हाम्रो यो प्रयासले विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खुल्छ भन्ने विश्वास समेत लिएका छौँ ।”

साथै, पश्चिमी क्षेत्रका यात्रुलाई सहज हुने उनको भनाइ छ ।

“भैरहवाबाट हङकङ उडान गर्दा विशेष गरेर पश्चिम नेपालका यात्रुलाई समेत हुन्छ भन्ने हाम्रो विश्वास छ । यात्रुलाई समय र पैसाको बचत हुन्छ,” पौडेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro