site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास जग्गा प्रकरणको किर्ते मुद्दा अदालतमा, यसकारण चलेन संगठित अपराधमा मुद्दा
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा किर्ते मुद्दा अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मिसिल पुर्‍याएको हो । जिल्लाको सम्पूर्ण टिमले मुद्दाका लागि आवश्यक प्रक्रिया पुरा गरेपछि कार्यालय फर्किएका छन् ।

“ललितानिवास जग्गा प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालतमा पुगिसकेको छ । हामी सबै टिम त्यहाँ पुगेर फर्किएका छौँ,” जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता महेश खत्रीले बाह्रखरीसँग भने, “अहिले त्यहाँ मिसिलि रुजु हुँदै छ । सकिएपछि दर्ता हुन्छ ।”

उनले आवश्यक प्रक्रियामा सघाउन सहयोगीहरू अदालतमा रहेको जानकारी दिए ।

सरकारी वकिल कार्यालयले मुद्दा भने किर्तेमा मात्र लगाएको छ । संगठित अपराधसम्बनधी कानुन नै नभएको समयमा भएको घटनामा पस्चातदर्शी कानुन लगाउन नमिल्ने भएका कारण संगठित अपराधमा मुद्दा नचलाएको प्रवक्ता खत्रीले जानकारी दिए ।

“०४९ सालदेखिको प्रकरण हो । ०६९ सम्म त्यसको निरन्तरता देखिन्छ,” खत्रीले भने, “०६९ मा आएको अध्यादेशले पनि निरन्तरता पाएन । संगठित अपराधसम्बन्धी ऐन ०७० मा मात्र आएको हो । त्यसकारण पस्चातदर्शी कानुन लगाउन नमिल्ने हुँदा संगठित अपराधको मुद्दा चलाइएन ।”

उनले संगठित अपराधका लागि कम्तीमा तीनवर्ष कैद आवश्यक हुने तर यसमा एकवर्ष मात्र कैद भएकाले पनि संगठित अपराधसम्बन्धी मुद्दा चलाउन मिल्ने अवस्था नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro