site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाडौं क्रिकेट संघका अध्यक्ष भन्छन्– पारस नेतृत्वमा आउँदा क्रिकेट क्षेत्रले फड्को मार्ने विश्वास छ'

काठमाडौं । काठमाडौं क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले वाग्मती प्रदेश क्रिकेट संघको नेतृत्वमा पारस खड्का आउँदा क्रिकेट क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंसँगै, ललितपुर, मकवानपुर र भक्तपुर गरी चार जिल्ला क्रिकेट संघको समर्थनमा वाग्मती प्रदेशको अध्यक्षमा पारसले आधिकारिक उमेदवारी घोषणा गरेका छन् ।

Argakhachi Cement Island Ad

सोही कार्यक्रममा बोल्दै घलेले क्रिकेट खेलाडीको रूपमा सन्न्यास लिएपछि क्रिकेट विकासका लागि केन्द्रमा आउने इच्छाअनुसार पारसलाई काठमाडौं जिल्ला क्रिकेट संघले नै कार्यसमितिमा स्वागत गरेको बताए ।

“दुई वर्षअघि राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेर नेपाल क्रिकेटको विकासका लागि केन्द्रमा आउने उनको इच्छाअनुसार पहिलो पाइलाको रूपमा काठमाडौंले उहाँलाई कार्यसमितिमा स्वागत गरेको थियो,” घलेले भने, “यसअघि पारसले विभिन्न माध्यममार्फत वाग्मतीको अध्यक्ष बन्ने इच्छा जाहेर गरेको सर्वविदितै छ । पारसजस्तो व्यक्ति वाग्मती प्रदेश क्रिकेटको जिम्मेवारीमा आउँदा यहाँको क्रिकेट विकासले फड्को मार्ने विश्वास छ ।”

काठमाडौंबाट पारसलाई अध्यक्ष, मकवानपुरलाई उपाध्यक्ष, ललितपुरलाई सचिव र भक्तपुरलाई कोषाध्यक्ष दिने र ९ सदस्य पदमा आपसी समझदारीमा उमेदवारी दिइने समझदारी भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्