site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काजुको आयात ६४ प्रतिशतले घट्यो, एक महिनामा ६३ हजार किलो भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनामा ६३ हजार ९२१ किलोग्राम काजु नेपाल भित्रिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाट सरकारले दुई करोड ८८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

साउनमा भारत र भियतनामबाट नेपालमा काजु आयात भएको छ ।

गत वर्षको यो अवधिमा भने, १२ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको एक लाख ७६ हजार १६८ किलोग्राम काजु नेपाल भित्रिएको थियो ।

यसरी गत वर्षको यसै महिनाको तुलनामा काजुको आयात ६३.७१ प्रतिशतले घटेको हो ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्