site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनमा एक खर्ब २९ अर्बको वस्तु तथा सेवा भित्रिँदा १३ अर्ब ५२ करोडको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएको हो । गत वर्षभन्दा १.५६ प्रतिशतले कम आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

गत वर्षको साउनमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

त्यस्तै नेपालबाट अन्य देशमा हुने निर्यात पनि घटेको छ । चालु आर्थिक वर्षको साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८.६५ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष नेपालबाट यस्तो निर्यात १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात भएको थियो ।

एक महिनामा व्यापार घाटा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro