site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

Dabur Nepal

कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमाा मध्यम रूपमा सुरक्षित रहेको जनाउँदछ ।

आर्थिक वर्ष २०७८÷७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । उक्त अवधिसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसा पाउने देखिन्छ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म पहिलो मूल्यरेन्ज दिने गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro