site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललितानिवास प्रकरण : सीआईबी पुगेका पूर्वमन्त्री जोशीले बयान दिन पाएनन्

काठमाडौं । ललितानिवासको जग्गा प्रकरणबारे बयान दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालयमा पुगेका पूर्वमन्त्री चन्द्रदेव जोशी त्यसै फर्किएका छन् ।

पक्राउ पुर्जी जारीबारे बुझेर सोमबार उनी आफैँ सीआईबीको कार्यालयमा पुगेका थिए । तर, सीआईबीले जोशीसित बयान लिन अस्वीकार गरेपछि त्यसै फर्किएका हुन् ।

सीआईबी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदन तयार पारिसकेको र अब समय अभावका कारण बयान लिन सम्भव नभएको भन्दै उनलाई फर्काइएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्