साहित्य


काठमाडौं । थाई नेपाली संघका पदाधिकारीसँग नेपाली साहित्यकारको भेटघाट भएको छ । साहित्यकार युवराज नयाँघरेका र लुमा शैक्षिक परियोजनाको संयुक्त समूहले भेटमा नेपाली संघका पदाधिकारीलाई आ–आफ्ना पुस्तक अर्पण गरेका थिए ।
सोही अवसरमा परियोजनाका तर्फबाट लुमा शैक्षिक सामग्री, त्यसको निर्माण, प्रयोग र सामग्रीको सहजीकरणका बारे चर्चा गरिएको थियो ।
थाइल्यान्डबाट साहित्य, संस्कृति तथा कलासम्बद्ध टोली इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रममा सहभागी हुन आएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्