site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पेनकी मिडफिल्डर अताना बोनमाती ‘सर्वोत्कृष्ट’

काठमाडौं । स्पेनकी मिडफिल्डर अताना बोनमाती फिफा महिला विश्वकपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् ।

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले विश्वकपको उपाधि जितेको थियो । विश्वकपको उपाधिसँगै व्यक्तिगत उपाधिमा पनि स्पेनले नै प्रभुत्व राख्यो । स्पेनकी साल्मा पारालुएलो प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी चुनिइन् ।

Dabur Nepal
NIC Asia

इंग्ल्यान्डकी म्यारी एयरप्स उत्कृष्ट गोलकिपर चुनिइन् । उनले ‘गोल्डेन ग्लोभ्स’ प्राप्त गरिन् । प्रतियोगिताभर तीन खेलमा ‘क्लिन सिट’ राखेकी एयरप्सले कुल चार गोल बेहोरिन् ।

यस्तै, प्रतियोगिताको ‘गोल्डेन बुट’ भने जापानकी हिनाता मियाजावाले पाइन् । उनले पाँच खेलमा पाँच गोल गरिन् । इंग्ल्यान्डविरुद्ध स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल निर्णायक बन्यो ।

कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो ।

विश्वकपको तेस्रो सहभागितामै च्याम्पियन बनेको स्पेन जर्मनीपछि पुरुष र महिला दुवैतर्फ उपाधि जित्ने दोस्रो टिम बनेको छ ।

स्पेनले विश्वकपमा ‘डेब्यू’ गरेको तेस्रो सहभागितामै च्याम्पियन बनेको हो । सन् २०१५ को संस्करणमा डेब्यू गरेको स्पेनको यो तेस्रो सहभागिता हो । गत संस्करणमा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro