site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो उपाधिको खोजीमा स्पेन र इंग्ल्यान्ड

काठमाडौं । फिफा महिला विश्वकपको फाइनलमा आज (आइतबार) स्पेन र इंग्ल्यान्ड मैदान उत्रिँदा दुवै टिम पहिलो उपाधिको लक्ष्यमा हुनेछन् ।

महिला विश्वकपको इतिहासमा दुवै टिम पहिलो पटक फाइनलसम्म पुगेका हुन् । अमेरिका र जर्मनीमध्ये कुनै एक टिमले फाइनलमा स्थान बनाउन नसकेको यो पहिलो पटक हो ।

गत वर्ष सम्पन्न महिला युरोपियन च्याम्पियनसिपको विजेतासमेत रहेको इंग्ल्यान्ड जारी विश्वकपमा अपराजित छ । फाइनलमा ‘जायन्ट किलर’ को छवि बनाएको स्पेनविरुद्ध मैदान उत्रिँदा इंग्ल्यान्ड सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

Dabur Nepal
NIC Asia

यता, समूह चरणको अन्तिम खेलमा जापानसँग ४–० को फराकिलो हारका बावजुद फाइनलसम्मको यात्रा तय गर्दा स्पेनले कुल १७ गोल गरेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

स्पेन र इंग्ल्यान्ड फाइनल यात्रा

इंग्ल्यान्ड
सन् १९९५ को संस्करणमा डेब्यु गरेको इंग्ल्यान्डले २००७, २०११, २०१५ र २०१९ गरी पाँचपटक विश्वकप खेलिसकेको छ । इंग्ल्यान्डले यसअघिका लगातार दुई संस्करणमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

सन् २०१५ मा तेस्रो र २०१९ मा चौथो भएको इंग्लिस टिमले हालसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । २०१५ मा तेस्रो स्थान हासिल गर्नु नै इंग्ल्यान्डको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा हो ।

समूह ‘डी’को विजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा आएको इंग्ल्यान्डले अन्तिम–१६ को खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।

इंग्ल्यान्डले क्वार्टरफाइनलमा कोलम्बियालाई २–१ ले र सेमिफाइनलमा घरेलु टिम अस्ट्रेलियाको चुनौती ३–१ ले पन्छाउँदै उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको थियो ।

स्पेन
महिला विश्वकपमा स्पेनको इतिहास लामो छैन । सन् २०१५ को संस्करणमा डेब्यु गरेको स्पेनको यो तेस्रो सहभागिता हो । विश्व महिला फुटबलमा पछिल्लो समय स्पेन घरेलु लिगका कारण चर्चित छ ।

स्पेन पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । गत संस्करणमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।

स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ ले हरायो ।

अन्तिम–८ मा नेदरल्यान्ड्सको चुनौती २–१ ले पन्छाएको स्पेनले सेमिफाइनलमा विश्वकपको सदाबहार दाबेदार स्वीडेनलाई २–१ ले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro