site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
कलाकार बन्ने इच्छा थियो : प्रधानमन्त्री
तस्बिर : प्रदीपराज वन्त/रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कलाकार बन्ने इच्छाबाट प्रेरित बनेको बताएका छन् । शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को अन्तिम प्रतिस्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका उनले यस्तो बताएका हुन् ।

उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए । कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्न भूमिका खेल्ने उनको भनाइ छ ।

नेपाली जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र भाषाप्रति गर्व गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

“म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ । आउने दिनमा पनि गर्ने नै छु । जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्दछ,” उनले भने, “आज यहाँका प्रस्तुति हेर्दै गर्दा हामी नेपालीहरू तपाईंहरूले नयाँ नेरेटिभ पनि बनाउनुभयो र हामी सात करोड छौँ भन्ने कुरा स्थापित गर्नुभयो । र, हामी जहाँ भए पनि नेपाली हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौँ भन्ने सन्देश गएको छ । धेरै शक्तिशाली सन्देश गएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC