site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिशूलीमा हामफाल्न पुलमा झुन्डिएका व्यक्तिको उद्धार
फाइल तस्बिर ।

काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियार पुलमा झुन्डिएका थिए । उनी पुलबाट त्रिशूलीमा हामफाल्नका लागि झुन्डिएको सूचना प्रहरीले पाएको थियो ।

Dabur Nepal
NIC Asia

त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ११ जनाको टोलीले ‘रोप रेस्क्यु’ विधिबाट परियारको उद्धार गरेको थियो । उपचारका लागि उनलाई मुग्लिन हाइवे अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनले किन हामफाल्न खोजे भन्ने कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ewifmkgm1692442559.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro