site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्का घटनामा चार महिनामा १४८ जनाको मृत्यु, एक अर्ब १८ करोडभन्दा बढीको क्षति

काठमाडौं । पछिल्लो चार महिनामा विपद्का घटनामा परी देशभर १४८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा रेकर्ड भएका दुई हजार ५१० वटा विपद्का घटनामा ३० जना बेपत्ता भएका छन् ।

२०८० वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा विपद्का घटनामा परी ४९६ जना घाइते भएको प्राधिकरणले जनाएको छ । बाढी, पहिरो, हाई अल्टिच्युड, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, हिमपहिरो, वन डढेलोलगायतका घटनाले उक्त क्षति गरेको हो ।

विपद्का घटनामध्ये सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले गरेको छ । बितेको चार महिनामा पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । यस्तै, हाई अल्टिच्युडका कारण पाँच, बाढीमा परी ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परी २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

विपद्का घटनाबाट उक्त अवधिमा आठ हजार २४० परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनाले वैशाखयता एक अर्ब १८ करोड १८ लाख १५ हजार ३४७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

आगलागीका घटनाले ८४ करोड चार लाख ७० हजार ९४७ रुपैयाँ, बाढीले २५ करोड १० लाख १० हजार ५०० रुपैयाँ, पहिरोले चार करोड ४१ लाख ४० हजार २०० रुपैयाँ र हुरी बतासले दुई करोड ५९ लाख पाँच हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro