site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश सरकार सर्वोच्च अदालत र शीर्ष नेताकोमा मात्र भेटिएको छ : पूर्वमन्त्री कार्की

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेशका सांसद तथा पूर्वमन्त्री केदार कार्कीले प्रदेश सरकार सर्वोच्च अदालत र काठमाडौंमा मात्र भेटिने गरेको आरोप लगाएका छन् ।

कोसी प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै कार्कीले डेंगी, लम्पीस्किन तथा राजनीतिक परिस्थिति जटिल बनेको अवस्थामा प्रदेश सरकारको उपस्थिति जनताले देख्न नपाएको बताए ।

उनले भने, “सरकारको उपस्थिति सर्वोच्च अदालतमा छ । केन्द्रीय नेताकोमा छ । संसदहरूलाई बदनाम गराउन चुल्हो वितरणको काम हुन्छ । सभालाई समेत नियमित चलाउन सकिएको छैन । संसद् नै नबसेपछि सरकार छाडा भइहाल्छ नी । प्रदेश बजेट होलिडेको अवस्थामा जाने अवस्थामा पुगिसकेको छ ।”

कार्कीले प्रदेश र जनताप्रति उत्तरदायी नभए थप निरासा बढ्छ भन्दै प्रदेशको सार्वभौम अधिकार प्राप्त भएकोले माथिमात्र हेर्न नहुने सुझाव दिए ।

कार्कीले कोसी प्रदेशका जनतामात्र नभएर अहिले पशु चौपायासमेत संकटमा परेको बताए । अहिले लम्पीस्किन संक्रमणका कारण धेरै किसानहरू सरकारलाई खोजिरहेको बताउँदै उनले भने, “उपचार होला कि भनेर किसान सरकारका खोजेर बसेको छ ।” डेंगी संक्रमण धेरै बढिसकेको तर सरकार भने कुर्सी बचाउने खेलमा मात्र लागेको बताए ।

‘डेंगी लागेकाहरूलाई उपचार गर्न, अस्पतालका बेड थप्नको लागि के काम भएको छ ?’ सदनमा प्रश्न गर्दै कार्कीले दलहरुरू मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro