site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यापार घाटा साढे १४ खर्ब : भारततर्फ निर्यात ३१.३ प्रतिशतले घट्यो, चीनतर्फ ११८.३ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यात २१.४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल निर्यात एक खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको देखाएको हो ।

अघिल्लो आर्थिक वर्षमा भने निर्यात ४१.७ प्रतिशतले बढेको थियो । 

नेपालले भारततर्फ गर्ने निर्यात ३१.३ प्रतिशतले घटेको छ । चीनतर्फ निर्यात ११८.३ प्रतिशत र तथा अन्य मुलुकतर्फ १०.७ प्रतिशतले बढेको छ ।

Dabur Nepal
NIC Asia

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, गएको आर्थिक वर्ष २०७९/०८० मा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आएको छ । यसरी एक वर्षमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको छ । 

अघिल्लो आर्थिक वर्षमा आयात २४.७ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको छ । सवारी साधन तथा स्पेयर पार्टस, एमएस बिलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

यसरी पछिल्लो आर्थिक वर्षमा १५.५ प्रतिशतले कमी आएर १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro