site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थप पाँच कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको छ । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकबाट ती कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरिएको हो ।

सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले ब्रोकर लाइसेन्स पाएका हुन् । यी समेत गरी अहिलेसम्म ३७ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरेका छन् ।

Dabur Nepal
NIC Asia

सजिलो ब्रोकरको कार्यालय ललितपुरमा रहनेछ । रोडसो सेक्युरिटिजको काठमाडौंको सुन्धारा, बेनी सेक्युरिटिजको बानेश्वर, हिमालयन सेक्युरिटिजको सुन्धारा र सनी सेक्युरिटिजको कार्यालय नक्सालमा रहनेछ ।

आवश्यक पूर्वाधार तयार गरेका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

लाइसेन्सका लागि निवेदन दिएका थप ६ कम्पनीसित आवश्यक सूचना मागिएको उनले बताए । यी कम्पनीलाई पनि केही समयमै लाइसेन्स दिइने उनले जानकारी दिए ।

पहिलो चरणमा लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले हाल कारोबार सुरु गरिसकेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro