site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संघीय शिक्षा ऐन मस्यौदाको विरोधमा कोसीका शिक्षक कर्मचारी आन्दोलित

विराटनगर । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदा संशोधन हुनुपर्ने माग गर्दै कोसी प्रदेशका शिक्षकहरुले सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् । प्रस्तावित विधेयकले शिक्षक तथा विद्यालय कर्मचारीको अहित हुने देखिएकोले विरोध गर्नुपरेको शिक्षक तथा कर्मचारी सम्बन्धित संगठनले जनाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक महासंघसँग सरकारले गरेको ५१ बुँदे सम्झौता कार्यान्वयनमा आउने गरी ऐनमा समेटिनु पर्ने शिक्षक तथा कर्मचारीको माग छ । बिहीबार दिउँसो प्रदेशका विभिन्न जिल्लाबाट भेला भएर विराटनगर आएका शिक्षक कर्मचारी कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय अगाडि धर्ना बसेका हुन् ।

Dabur Nepal
NIC Asia

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष हिक्मतबहादुर बस्नेतले भने, “शिक्षकहरूलाई पालिकास्तरमा जिम्मा लगाउने विषय हामीलाई स्वीकार्य छैन । यसरी गरी ऐन ल्याउँदा स्थानीय तहले शिक्षकहरूका माग सम्बोधन गर्न सक्दैनन् ।” शैक्षिक क्षेत्रमा सुधार गर्नु पर्नेमा स्थानीय तहमा जिम्मा लगाउँदा झन् लथालिङ्ग हुने उनले दाबी गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यवाहक अध्यक्ष दण्डपाणि भट्टराईले महासंघसँग सरसल्लाह नगरी निजामती कर्मचारीहरूले शिक्षकलाई पेल्ने गरी ऐनको मस्यौदा बनाएको बताउंदै भने, “जोर जबरजस्ती गरेर ऐन ल्याउन लागिएको छ ।”

उनले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च मावि, बाल विकास, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीका माग तथा मुद्दाहरूको सम्बोधन हुनुपर्ने आफूहरुले माग गरेको सुनाए । शिक्षक तथा कर्मचारीको हितविपरीतका व्यवस्थाहरू सुधार गर्न आफूहरुले सरकाको ध्यानाकर्षण गरेको उनले बताए ।

शिक्षक कर्मचारी सम्बद्ध संघ संगठनले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरिएको त्यस अवसरमा जानकारी दिइयो । धर्नामा सहभागी हुन शिक्षक तथा कर्मचारी विद्यालय पोशाकमै आएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro