site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला विश्वकपको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन भिड्ने 


काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ ।

यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Dabur Nepal
NIC Asia

बुधबार सिड्नीस्थित एलिएन्ज रंगशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलको ३६औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् ।

७१औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो । खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल गर्दै इङ्ल्यान्डको ३–१ को जित निश्चित गरिन् ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro