site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानचेस्टर सिटीका मिडफिल्डर डी ब्रुयना घाइते

काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना चोटका कारण चार महिना मैदानबाट बाहिर रहने देखिएको छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका मुख्य मिडफिल्डर चार महिनासम्म बाहिर रहन सक्ने बताएका हुन् । डी ब्रुयना शुक्रबार भएको बर्न्लीविरुद्धको खेलका दौरान २३औँ मिनेटमा घाइते भएका थिए । यसैकारण उनी पहिलो हाफअघि नै मैदानबाट बाहिरिएका थिए ।

“यो निकै गम्भीर चोट हो,” ग्वार्डिओलाले भने, “उनलाई शल्यक्रियाको आवश्यकता पर्छ पर्दैन भन्नेबारे हामीले निर्णय गर्न बाँकी छ । तर, उनी केही महिनाका लागि बाहिर रहनेछन् ।”

ग्वार्डिओलाले डी ब्रुयनाको ह्यामस्ट्रिङमा चोट लागेको समेत पुष्टि गरे ।

“शल्यक्रियाका बारेमा केही दिनपछि निर्णय हुनेछ । जसका कारण उनी तीन–चार महिना मैदानबाट बाहिर रहन सक्नेछन्,” ग्वार्डिओलाले भने ।

डी ब्रुयना गत सिजन सिटीले च्याम्पियन्स लिगको उपाधि जित्दा पनि फाइनलमा घाइते भएका थिए । गत सिजन सिटीले च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जित्दा डी ब्रुयनाले १० गोल र ३१ असिस्ट गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro