site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा १४ रुपैयाँ बढाएको हो । 

मूल्य समायोजनपछि अब काठमाडौ, पोखरा र दिपायलमा पेट्रोललाई प्रतिलिटर १७८ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६७ रुपैयाँ पर्ने छ । 

Dabur Nepal
NIC Asia

सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ । 

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ । 

नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुने छ ।

36636755813423564066552941314025504120662376n-1582023051649-1000x01692113295.jpg

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro