site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बरामद ६० किलो सुन सरकारले के गर्छ ? 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार गालेर बिस्कुट आकारका ३४ वटा बनाएको छ । 

३४ वटा पानाको कूल तौल ६० केजी ७१६ ग्राम भएको छ ।  राजस्व अनुसन्धान विभागले एक क्विन्टल भनेको सुनको परिणाम ‘ब्रेक सु’सहित जोख्दा १५५ केजी ४६८ ग्राम भएको थियो ।  तर, ब्रेक सुबाट सुन छुट्याउँदा ६० केजी ७८९ ग्राम भएको थियो । ब्रेक सुबाट झिकेर मंगलबार गाल्दा जर्ति ७३ ग्राम गएको छ ।

तर, यो सुनको गुणस्तर भने अहिले परीक्षण गरिएको छैन ।  अब गुणस्तर परीक्षण गरिने टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । 

Agni Group

“अब हामीले आसय परीक्षणका लागि छुट्याएका छौं । आसय परीक्षण गरिसकेपछि यो सुनको गुणस्तर आउने छ,” उनले भने, “शुद्ध सुन हो वा कमसल सुन हो, जे हो त्यो थाहा हुनेछ । परीक्षण गर्न एक हप्ता लाग्नेछ ।”

आसय परीक्षण भनेको सुनको गुणस्तर नाप्ने प्रणाली हो ।  गुणस्तर नाप्ने प्रणाली राष्ट्र बैंकसँग नै रहेको आचार्यले बताए ।  यसरी गुणस्तर परीक्षण भएर आएपछि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत थप गरी खरिद गर्ने उनले बताए ।

Global Ime bank

अब के गरिन्छ यो सुन ?

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो ।  मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।  सुनको राजस्व छली गरेको अनुसन्धान अहिले भइरहेको छ । 

राजस्व अनुसन्धान विभागले उक्त मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धार ब्यूरो (सीआईबी)लाई दिएको छ ।  अनुसन्धान प्रक्रिया टुङ्गिइसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ ।  यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ । 

यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रूपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रूपमा रहन्छ । यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्रीसमेत गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार यसरी बरामद भएको सुनलाई राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिमा गणना गर्नेछ । 

“राष्ट्र बैंकले यस्तो सुन बैंकहरूलाई पनि बिक्री गर्न सक्छ । राष्ट्र बैंकमा सुन बढ्दै गयो भने विदेशमा गोल्ड इन्भेष्मेन्ट पनि गर्छ,” उनले भने, “विदेशमा गोल्ड लगानी गर्ने सिस्टम हुन्छ । राष्ट्र बैंकले यो अभ्यास गरिसकेको छ ।”

जेठ मसान्तसम्म नेपाल राष्ट्र बैंकले ६५ अर्ब ७८ करोड ११ लाख रुपैयाँ विदेशमा लगानी गरेको छ ।

“जसरी सरकारले विदेशी लगानी भित्र्याएर राष्ट्र बैंकलाई दिन्छ, त्यो डलर बराबरको पैसा राष्ट्र बैंकले सरकारलाई दिन्छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये सुनको लगानीलाई पनि गणना गरिने गरिएको छ,” थापाले भने ।

राष्ट्र बैंकले सधैँ बैंकहरूलाई सुन बिक्री गर्दैन । तर, मुलुकलाई आवश्यक प¥यो भने राष्ट्र बैंकले उद्योग वाणिज्य मन्त्रालयसँग समन्वय गरेर विदेशबाट ल्याउने व्यवस्था मिलाइदिने छ । यो सुन प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu