site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा महिला विश्वकप : स्वीडेनलाई स्पेनको चुनौती

काठमाडौं । फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेनले स्वीडेनसामु चुनौती प्रस्तुत गर्दै छ ।

स्पेन र स्वीडेनसँगै घरेलु टिम अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेका छन् । विश्वकपको जारी नवौँ संस्करणले नयाँ विजेता पाउने निश्चित छ ।

Dabur Nepal
NIC Asia

फिफा वरीयताको चौथो स्थानमा रहेको स्वीडेन सेमिफाइनल प्रवेश गरेका चारमध्ये सबैभन्दा बलियो टिम हो । स्वीडेनका लागि विश्वकपको सेमिफाइनल यात्रा नयाँ होइन । स्पेन भने पहिलोपटक अन्तिम चारमा प्रतिस्पर्धा गर्दै छ ।

स्पेन सन् २०१५ अघिसम्म विश्वकपमा छनोट भएको थिएन । र, यस संस्करणअघि प्रि–क्वार्टरफाइनल प्रवेश गर्नु नै स्पेनको सबैभन्दा ठूलो उपलब्धि थियो ।

स्वीडेनले सन् २००३ मा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएपछि स्वीडेन उपविजेतामा सीमित बनेको थियो । यस्तै, सन् १९९१, २०११ र २०१९ को संस्करणमा स्वीडेनले तेस्रो स्थान हासिल गरेको थियो ।

सेमिफाइनलसम्मको यात्रा तय गर्दा समूह ‘जी’को विजेता स्वीडेनले अन्तिम–१६ मा साविक विजेता अमेरिका र क्वार्टरफाइनलमा सन् २०११ को च्याम्पियन जापानको चुनौती पन्छाएको थियो ।

समूह ‘सी’को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको स्पेनले प्रि–क्वार्टरफाइनलमा स्वीट्जरल्यान्ड र क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सलाई हराएको थियो ।

न्युजिल्यान्डस्थित इडेन पार्कमा स्पेन र स्वीडेनबीचको सेमिफाइनल नेपाली समयानुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro