site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उजुरी दिनेको संख्या १३१ पुग्यो, प्रहरीले गर्ला दोस्रो चरणको अनुसन्धान ?
फाइल तस्बिर ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले फेरि अनुसन्धान गर्नुपर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १८ जनाले उजुरी दिएपछि प्रहरीमाथि फेरि अनुसन्धान गर्न दबाब परेको हो ।

यसअघि प्रहरीले गरेको पहिलो चरणको अनुसन्धानका आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सांसद टोपबहादुर रायमाझी, सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Dabur Nepal
NIC Asia

सोही मुद्दामा हाल १८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । १० जना अझै फरार छन् । उनीहरूविरुद्ध थप १८ जनाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । यसअघि ११३ जनाको उजुरी परेको थियो ।

आज १८ जनाले उजुरी दिएसँगै कुल उजुरीकर्ताको संख्या १३१ पुगेको छ ।

सोमबार उजुरी दिएकाहरूलेसमेत यसअघि नै पक्राउ परेका सानु भण्डारी, केशव दुलालले आफूलाई ठगी गरेको किटानीसहितको उजुरी दिएका छन् । भण्डारी र दुलालसमेत हाल थुनामै छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro