site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धान रोपाइँ ८७ प्रतिशत सम्पन्न, लुम्बिनीबाहेक सबै प्रदेशमा घट्यो
फाइल तस्बिर।

काठमाडौं ।  देशभर ८७  प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार साउन २६ गते सम्म ८६ प्रतिशत धान रोपाइँ सकिएको हो ।

गत वर्षको तुलनामा सात प्रतिशतले धान रोपाइँ घटेको छ । गतवर्ष साउन २८ गतेसम्म ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मनसुन ढिलो सुरु भएको र रासायनिक मल सहज उपलब्ध नहुँदा धान रोपाइँ घटेको मन्त्रालयको अनुमान छ । यस वर्ष मधेस, वाग्मती, गण्डकी प्रदेशमा रोपाइँमा कमी आएको छ ।

तर, विस्तारै मनसुन सक्रिय भएसँगै रोपाइँ बढ्ने मन्त्रालयले जनाएको छ । मुलुकभर साउन मसान्तसम्म ९२–९५ प्रतिशतसम्म रोपाइँ हुन मन्त्रालयको प्रक्षेपण छ ।

लुम्बिनीमा बढ्यो, अन्यमा घट्यो

मन्त्रालयका अनुसार तुलनात्मक रूपमा लुम्बिनी प्रदेशमा धान रोपाइँ बढेको छ । अन्य प्रदेशमा रोपाइँमा कमी आएको छ ।

लुम्बिनीमा गत वर्षको तुलनामा तीन प्रतिशतले रोपाइँ बढेको हो । लुम्बिनीमा २६ गतेसम्ममा ९३ प्रतिशत धान रोपाइँ भएको छ । जबकि, अघिल्लो वर्ष ९० प्रतिशतमात्र भएको थियो ।

मन्त्रालयको अनुसार कोसी प्रदेश साउन २५ गते सम्म ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समय अवधिमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो ।

मधेस प्रदेशमा गतवर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले घटेको छ । उक्त प्रदेशमा १९ गतेसम्म ६८ प्रतिशत सम्पन्न भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै, वाग्मतीमा १२ गतेसम्ममा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षमा ९७ रोपाइँ सम्पन्न भएको थियो ।

गण्डकीमा पनि धान रोपाइँ घटेको छ । गण्डकी साउन २६ गतेसम्म ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

कर्णालीमा २५ गते ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही समयमा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

सुदूरपश्चिममा १२ गते ९९ धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro