site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली फुटसल टिमको प्रशिक्षकमा गौरव बस्नेतलाई निरन्तरता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षकमा गौरव बस्नेतलाई नै निरन्तरता दिएको छ ।

एन्फाले एएफसी फुटसल एसियन कप २०२४ को छनोटका लागि बस्नेतलाई नै नेपाली फुटसल टिमको मुख्य प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो  ।

बस्नेतसँगै सहायक प्रशिक्षकमा थम्मन भुसाल नियुक्त भएका छन् । एन्फाका महासचिव किरण राईले सोमबार दवैलाई प्रशिक्षकको नियुक्ति पत्र सुम्पिए ।

छनोटको समूह ‘डी’ मा रहेको नेपालसँगै यो समूहमा मंगोलिया, दक्षिण कोरिया र भियतनाम छन् । मंगोलियामा हुने छनोट अक्टोबर ७ देखि ११ सम्म हुनेछ ।

बस्नेत यसअघि सन् २०२२ मा कीर्गिस्तानको बिस्केकमा भएको एएफसी एसिया फुटबल कप छनोटमा पनि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro