site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीले गभर्नर, व्यवसायी र बैंकर्सलाई एकैठाउँ राखेर सोधे– अर्थतन्त्र किन चलायमान भएन ?

काठमाडौं । अर्थतन्त्र चलायमान नभएको भन्दै अर्थमन्त्री डा. प्राकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित व्यवसायी र बैंकर्सलाई एकै ठाउँ राखेर समस्याको बारेमा जानकारी लिएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका छातासंगठनका प्रतिनिधिसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई एकै साथ राखेर अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल गरिएको हो ।  

छलफलमा सहभागी उद्योगीहरूको छाता संगठनका एक अध्यक्षका अनुसार बैंकको ब्याजदर घटाउने, चालु पुँजीकर्जा तथा हालको अर्थतन्त्रको विषयमा छलफल भएको थियो । गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन चालुपुँजी सम्बन्धी मार्गदर्शनमा केही सहजता दिने बताएको ती अध्यक्षले बताए । उनका अनुसार वित्तीय सूचकमा सकारात्मक भए पनि बजारमा माग घटेको विषयमा छलफल भएको थियो ।

“छलफलमा सहभागी व्यवसायी साथीहरूले घरजग्गा कारोबारलाई कडाइ गर्न नहुने धारणा राखेका थिए । तर, उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग नआएको बैंकर्सहरूले जानकारी दिए । हाम्रा त पुरानै माग हुन्,” ती अध्यक्षले भने ।  

उनका अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरूमा तरलता सहज भएको र आगामी दिनमा ब्याजदर घट्दै जाने बताए । व्यवसायीले राखेका मागलाई सम्बोधन गर्न पनि सरकार र राष्ट्र बैंकलाई निजी क्षेत्रका तीनवटै संगठनका अध्यक्षहरूले अनुरोध गरेका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार, राष्ट्र बैंक र निजी क्षेत्र एक भएर लाग्नुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro