site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अध्यागमनलाई प्रश्न– बिनाकारण २१ घण्टा नियन्त्रणमा राख्न मिल्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अध्यागमन विभागले शुक्रबार (साउन २६ गते) व्यवसायी राकेश अडुकियाका छोरा रोहनलाई विमानस्थलबाटै नियन्त्रणमा लियो । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे अध्यागमनले नियन्त्रणमा लिएको थियो । 

अध्यागमनले २१ घण्टा हिरासतमा राखेपछि उनलाई शनिबार विहान १० बजे छोडेको थियो ।  उनलाई जे आशंकामा पक्राउ गरिएको थियो त्यसमा उनको संलग्नता नभेटिएपछि छोडिएको थियो ।  “हामीले बोलाएको बेला अध्यागमनमा हाजिर हुने सर्तमा रोहन अडुकियालाई छोडेका हौं,” अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बाह्रखरीसँग भने । 

कुनै आपराधिक गतिविधिमा संलग्न नै नभएको व्यक्तिलाई किन पक्राउ गरियो त ? 

Prabhu Bank
Agni Group
NIC Asia

महानिर्देशक अधिकारी भन्छन्, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका नाकाबाट आवतजावत गर्ने शंकास्पद व्यक्तिहरुलाई हामी वाच लिस्ट (निगरानी सूची) मा राख्छौं । रोहन पनि हाम्रो वाच लिस्टमा थिए । यसैकारण उनलाई पक्राउ गरिएको थियो ।”
 
बाहिर प्रचारमा आएजस्तो रोहनलाई ‘ब्ल्याक लिस्ट’ (कालो सूची)मा राखिएको थिएन । रोहन र उनको बुबा राकेश दुवै जनालाई अध्यागमनले वाच लिस्टमा राखेको उनले बताए ।  अहिले अध्यागमनको वाच लिस्टमा रोहन र राकेशलगायत दुई सय जना रहेको उनको भनाइ छ ।

अध्यागमनले त्यस्ता व्यक्तिलाई वाच लिस्टमा राख्छ जो बारम्बार त्यस्ता गन्तव्यमा जान्छन् जहाँ ‘आपराधिक क्रियाकलाप’ बढी हुने गर्छन् । 

Global Ime bank

महानिर्देशक अधिकारीका अनुसार अफगानिस्तान र पाकिस्तान बारम्बार जानेलाई ड्रग्स कारोबारीको आशंका गरिन्छ । यस्तै दुबई र हङकङ धेरै पटक आवतजावत गर्नेलाई सुन तस्करीको आशंकामा वाच लिस्टमा राखिन्छ । 

अडुकियाका बाबुछोरालाई सुन तस्करीमा संलग्न रहेको आशंकामा वाच लिस्टमा राखिएको महानिर्देशक अधिकारीले बताए ।  यही साउन ३ गते हङकङबाट ब्रेक सु मा नेपाल भित्रिएको एक क्विन्टलभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा राजस्वका कर्मचारीले उक्त सुन बरामद गरेका थिए ।   सो बरामद भएको सुन तस्करीमा अडुकियाको बाबुछोराको नाम जोडिएर समाचार आएपछि र पछिल्लो समय उनीहरुले दुबई र हङकङकमा गरेको आवतजावतलाई लिएर अध्यागमनले वाच लिस्टमा उनीहरुलाई राखेको थियो । 

“वाच लिस्टमा राखेका व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्ने गरिन्छ । यही सिलसिलामा रोहन अडुकियालाई पनि पक्राउ गरेर सोधपुछ गरिएको हो,” अध्यागमनका महानिर्देशक अधिकारीले भने । 

पक्राउ परेका रोहनलाई अध्यागमनले सुरुमा राजस्व अनुसन्धान विभागलाई बुझाउन खोजेको थियो ।  विभागले रोहन आफूहरुले खोजी गरेको व्यक्ति नभएको जनायो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई बुझाउन खोज्यो । 

सीआईबीले पनि सुन तस्करीमा रोहनको संलग्नता हालसम्म नभेटिएको बताएको थियो । त्यसपछि वाच लिस्टमा रहेको भन्दै रोहनलाई अध्यागमनले छोडेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय