site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उमागौरी सहकारी कालोसूचीमा : पालिका उपाध्यक्षका आफन्तसहित २०० बढीको बचत जोखिममा
मोरङको कर्सिया बजारमा विगत तीन महिनादेखि बन्द रहेको उमागौरी कृषि सहकारी संस्थाको कार्यालय । 

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको मुख्य बजार हो, कर्सिया । यहाँ पूर्वी मोरङका धेरै मानिस किनमेलका लागि पुग्ने गर्छन् । अधिकांश बैंकका शाखा कार्यालयहरू पनि सञ्चालित छन् ।

मुख्य बजारमै छ, श्री उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालय । तर, यो सहकारी कार्यालय नखुलेको तीन महिना बितिसक्यो ।

यही बजारमा नारायण खनाल कपडा पसल सञ्चालन गर्छन् । उनको पसलसँगै जोडिएको छ, उमागौरी सहकारी संस्थाको कार्यालय । ‘सेयर खरिद गरे राम्रो मुनाफा हुन्छ’ भन्ने आश्वासन दिलाए । खनालले छिमेकमै रहेको सहकारीका सञ्चालकलाई विश्वास गरेर अन्ततः एक लाख रुपैयाँको सेयर खरिद गरे । नियमित बचत पनि गरे ।

Dabur Nepal
NIC Asia

पहिले त केही रकम निकाल्ने र फेरि बचत गर्ने समेत गरे । तर, तीन महिनायता सहकारीको कार्यालय बन्द छ ।

कर्जा सूचना केन्द्रका अनुसार उमागौरी कृषि सहकारी संस्था कालोसूचीमा परेको छ । योसँगै देशभरका १०० भन्दा धेरै सहकारी कालोसूचीमा छन् । उमागौरीका २०० भन्दा धेरै बचतकर्ताको रकम जोखिममा परेको छ ।

“सञ्चालकहरू भागीभागी हिँड्ने गरेका छन् । रकम फिर्ता गर्न बारम्बार आग्रह गरे पनि वास्ता गरेका छैनन्,” खनालले भने, “रकम फिर्ता हुन्छ भन्न त भन्छन्, तर कहिले फिर्ता हुने हो टुंगो छैन ।”

त्यही सहकारीनजिकै अवधेश साहको फेन्सी स्टोर छ । सहकारीका सञ्चालकले धेरैपटक खाता खोल्न र नियमित रकम बचत गर्न आग्रह गरे । तर, उनले वास्ता गरेनन् । खाता खोलेनन् ।

“यो सहकारी कृषि सहकारीको नाममा खुलेको थियो । तर, मलाई कामचाहिँ कृषिका लागि गरेजस्तो लागेन । त्यही भएर मैले रकम जम्मा गरिनँ । अहिले त सहकारीको कार्यालय नै बन्द भयो,” साहले भने, “अहिले दैनिक सयौँ मानिसहरू बचत फिर्ता लिन आउँछन्, कार्यालय बन्द भएको देखेपछि मलाई कहिलेदेखि नखुलेको हो भन्दै जिज्ञासा राखेर जान्छन् । धेरैले बचत गरेको पैसा फिर्ता पाएका छैनन् ।”

सहकारीका अध्यक्ष शम्भु रौनियार स्थानीय नै हुन् । तर, उनी बचतकर्ताको सम्पर्कमा छैनन् । हिजोआज विराटनगरतिर बस्ने गरेका धेरैको अनुमान छ ।

सहकारी राम्रो चलेका बेला रौनियारले कर्सिया बजारमै ७५ लाख रुपैयाँमा जग्गा किनेका थिए । पछि थप तीन कट्ठा जग्गा खरिद गरे ।

बचतकर्ताका अनुसार अहिले सञ्चालकको रबैया फेरिएको छ । अध्यक्ष रौनियार आफैँ लुकेर हिँड्ने गरेका छन् । सहकारीको कार्यालय बन्द रहन्छ । बचतकर्ताका अनुसार सञ्चालकले भन्ने गरेका छन्– हामीसँग धेरै सम्पत्ति छ, सबैको पैसा फिर्ता गरिदिन्छौँ ।

धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानोले आफ्नो परिवारका केही समस्यको बचत समेत उमागौरी सहकारीबाट फिर्ता लिन बाँकी रहेको बताइन् । उनले भनिन्, “गाउँपालिका कार्यालयमाबचतकर्ताको निवेदन आएपछि हामीले समेत धेरैपटक छलफल चलायौँ । लगानी गरेको रकम नउठेका कारण बचत फिर्ता गर्न नसकेको भन्ने कुरा आएको छ । क्रमशः बचतकर्ताको पैसा फिर्ता गराउन हमीले पहल गरिरहेका छौँ ।”

उपाध्यक्ष बानोका अनुसार धनपालथान गाउँपालिकाका पूर्वअध्यक्ष हरिलाल सिंहले राखेको बचत रकम समेत फिर्ता पाउन सकेका छैनन् । “पूर्वअध्यक्षज्यूले गरेको बचत समेत सहकारीले फिर्ता गरेको छैन,” उनले भनिन्, “२०० भन्दा धेरै बचतकर्ताको बचत रकम जोखिममा परेको छ ।”

धनपालथान गाउँपालिकाका अनुसार पालिकाभर सञ्चालित सहकारी संस्थाको विवरण अध्यावधिक गरिएको छ । समस्याग्रस्त सहकारीमा बचत तथा अरू कारोबार नगर्न सर्वसाधारणलाई सूचित गरिएको पालिकाको सहकारी शाखाका प्रमुख लेखनाथ राजवंशीले बताए । उनले भने, “सहकारीको विषयमा सबै कुरा बुझेर मात्र रकम बचत गर्न सर्वसाधारणलाई जानकारी गराएका छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro