site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिनाकसुर २१ घण्टा अध्यामनको हिरासतपछि रिहा भए रोहन 
SkywellSkywell

काठमाडौं । बिनाकसुर २१ घण्टा अध्यामगनको हिरासतमा रहेका रोहन अडुकिया रिहा भएका छन् । उनी आज बिहान १० बजे अध्यागमनबाट रिहा भएका हुन् । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनी शुक्रबार दिउँसो १ बजेदेखि अध्यागमनको नियन्त्रणमा रहेका थिए ।

‘क्विन्टल सुन’ प्रकरणमा नाम जोडिएको भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । तर उक्त प्रकरणमा उनी नजोडिएको हुँदा अनुसन्धान हुन नसक्ने प्रहरीले जानकारी गराए पनि अध्यागमनले २१ घण्टा नियन्त्रणमा राखेको थियो ।

खोजीको सूचीमै नरहेका अडुकियालाई यसरी दिइयो दुःख !

Dabur Nepal
NIC Asia

रोहन व्यवसायी राकेश अडुकियाका छोरा हुन् । उनलाई अहिले बिहान १० बजे परिवारको जिम्मा लगाइएको छ ।

“बिनाकसुर २१ घण्टा नियन्त्रणमा राखेर अहिले मुक्त गरिएको छ,” राकेश अडुकियाले बाह्रखरीसँग कुरा गर्दै भने, “किन राखियो २१घण्टा भन्ने कसैले जानकारीसम्म दिएन ।” आफ्नो छोरा लण्डनमा अध्ययन गर्ने भएकाले आउने जाने भइरहने राकेश बताउँछन् ।

“अध्ययन गर्ने लण्डनमै हो । आउने जाने भइरहन्छ,” अडुकियाले भने, “विदेशमा पढेपछि बेला बेलामा आउने जाने भइरहन्छ । अब त कुनै देशमा जानुपर्दा सोच्नुपर्ने अवस्था आयो ।”

पछिल्लोपटक सरकार र मिडियाले देखाएको व्यवहारले धेरै व्यवसायी त्रासमा रहेको उनको भनाइ छ ।

“यहाँ व्यापारी डराइरहेका छन् । यहाँ जसलाई जे मन लाग्यो त्यसमा सहभागी गराइदिन्छ । कुनै स्थानमा छापा मारेकै छैन, छापा मारेको भन्ने समाचार प्रकाशित भइहाल्छ, यस्तो अवस्थामा कसरी काम गर्ने ?,” उनको प्रश्न थियो ।
रोहनलाई नियन्त्रणमा लिएपछि विभागले राजश्व अनुसन्धान विभागमा बुझाउने प्रयास गरेको थियो ।

तर विभागले आफूहरुको खोजी सूचीमा उनी नरहेको बताएपछि प्रहरीको जिम्मा लगाउने प्रयास गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि रोहन खोजी सूचीमा नरहेको भन्दै लिन नमानेपछि राति अध्यागमनमै राखिएको थियो ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले रोहन अडुकिया सुन तस्करी प्रकरणका आरोपी नभएको हुँदा आफूहरुले जिम्मा नलिएको बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu