site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय फुटबल खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल खेलाडी रितेश थापामाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुने भएको छ ।

थापामाथि फुटबल टिमकै अर्का खेलाडी भरत शाहमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान थालेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले थापाबारे अनुसन्धान भइरहेको बताए ।

"पीडित परिवारले थापामाथि ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन् । अहिले नै दर्ता भएको छैन । हामी अनुसन्धान गर्दैछौँ,' एसएसपी कार्कीले भने ।

रितेश थापा नेपाल प्रहरीका नायव निरीक्षक (सई) हुन् भने शाह प्रहरी हवाल्दार । थापाले शाहमाथि १० साउनमा भत्केको पुलको एक रेस्टुरेन्टमा बियरको बोतलले प्रहार गरेका थिए ।

घाइते शाहको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भएको थियो । हाल थापा भने अस्ट्रेलिया पुगेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro