site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा, नवौँ संस्करणले नयाँ विजेता पाउने

काठमाडौं । सन् २०११ को च्याम्पियन जापानविरुद्ध २–१ को जित निकाल्दै स्विडेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जापान बाहिरिएसँगै विश्वकपको नवौँ संस्करणले नयाँ विजेता पाउने निश्चित भएको छ ।

यसअघि दुईपटकको विश्वकप विजेता जर्मनी समूह चरणबाटै, अमेरिका र नर्वे प्रिक्वार्टरफाइनलबाट बाहिरिँदा जापानको यात्रा पनि क्वार्टरफाइनलसम्म सीमित बनेको हो ।

शुक्रबार न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको खेलमा स्विडेनलाई जित दिलाउन अमान्डा लेस्टेड्ट र फिलिपा एन्जेलडालले गोल गरे । जापानकी होनाका हायासीले गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् । 

Dabur Nepal
NIC Asia

३२औँ मिनेटमा अमान्डाले गरेको गोलबाट स्विडेनले अग्रता बनाएको थियो । यही गोलको मदतलमा जापानविरुद्ध स्विडेनले पहिलो हाफमा १–० को अग्रता कायम राखेको थियो । यस्तै, ५१औँ मिनेटमा एन्जेलडालले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।

दोस्रो हाफमा आक्रामक बनेको जापानले ८७औँ मिनेटमा हायासीको गोलबाट खेलमा फर्किने सम्भावनालाई कायम राखेको थियो । तर, यसपछि दुवै टिमबाट गोल हुन नसक्दा स्विडेनले रोमाञ्चक जित निकाल्दै अन्तिम–४ मा स्थान निश्चित गर्‍यो ।

खेलको ७६औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्नु नै जापानका लागि दुर्भाग्य बन्यो । पेनाल्टी प्रहारका लागि आएकी रिको युकीले गरेको प्रहार क्रसबारमा लागेर फर्किएपछि जापानले गोलको सुनौलो मौका गुमाएको थियो ।

जितसँगै स्विडेनले फाइनल प्रवेशका लागि स्पेनसँगको भेट पक्का गरेको छ । स्पेनले पनि आजै भएको पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सको चुनौती २–१ ले पन्छाउँदै सेमिफाइनको यात्रा तय गरेको थियो ।

sw1691747411.jpg

विश्वकपमा स्विडेनको इतिहास

महिला विश्वकपमा स्विडेन पुरुष फुटबलमा नेदरल्यान्ड्सजस्तै ‘अभागी’ टिम हो । १९९१ देखि विश्वकपका सबै संस्करण खेलेको स्विडेनले हालसम्म उपाधि चुम्न सकेको छैन । एकपटक उपविजेता र तीनपटक तेस्रो भएको थियो । स्विडेन गत संस्करणमा पनि तेस्रो भएको थियो ।

स्विडेन जारी संस्करणमा समूह ‘जी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्विडेनले प्रिक्वार्टरफाइनलमा साविक विजेता समेत रहेको अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ ले स्तब्ध बनाएको थियो । २००३ को उपविजेता स्विडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro