site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै फिफा महिला विश्वकपमा स्पेनले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ ।

शुक्रबार न्युजिल्यान्डस्थित वेलिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा साविक उपविजेताविरुद्ध जित दिलाउन स्पेनकी मारियोना काल्डेन्टी र साल्मा केलस्टे पारयुलो आइनगोनोले गोल गरे । नेदरल्यान्ड्सकी स्टेफानी भार डेर ग्राटले एक गोल फर्काएकी थिइन् ।

पहिलो हाफमा नेदरल्यान्ड्सलाई गोलरहित बराबरीमा रोकेको स्पेनले ८१औँ मिनेटमा काल्डेन्टीको गोलबाट अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा ग्राटले गोल फर्काउँदै नेदरल्यान्ड्सलाई बराबरीमा ल्याइन् । यसपछि इन्जुरी समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

स्पेनकी पारयुलो आइनगोनोले १११औँ मिनेटमा गरेको गोल निर्णायक बनेपछि स्पेनले पहिलोपटक महिला विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । सन् २०१५ को संस्करणदेखि विश्वकपमा ‘डेब्यू’ गरेको स्पेन गत संस्करणमा भने प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । र, यो नै यसअघि स्पेनले विश्वकपमा हासिल गरेको उत्कृष्ट नतिजा थियो ।

स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो । अब फाइलन प्रवेशका लागि स्पेनले जापान र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro