site stats
बाह्रखरी :: Baahrakhari
देश
सीआईबीको ‘अपरेसन चार्ली फक्सट्रोट’ : पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुग्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या पाँच पुगेको छ । सीआईबीले डा. रामबाबु यादव, डा. एरिना यादवलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने डाक्टरको संख्या पाँच पुगेको हो । 

यसअघि आजै कांग्रेसका सांसद डा. सुनील शर्मासहित डा. रञ्जितकुमार यावद र डा. अमृत चौधरलाई सीआईबीले पक्राउ गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्